आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार वर्षयताकै उच्च लाभांश बाँड्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक, कति पाउँदैछन् लगानीकर्ताले ?

सोमबार, १७ वैशाख २०८१, ११ : ५१
सोमबार, १७ वैशाख २०८१

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ वर्षयताकै उच्च लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई १९ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।
बैंकले २०७६/७७ को नाफाबाट ११.८४ प्रतिशत, २०७७/७८ को नाफाबाट १३.०६ प्रतिशत र २०७८/७९ को नाफाबाट १६.५१ प्रतिशत लाभांश वितरण गरेको थियो । 

तुलनात्मक रुपमा यो पटकको लाभांश आकर्षक रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप