सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चलेका सङ्गीतकार अर्जुन पोखरेलका यस्ता छन् पाँच काम

सोमबार, १९ चैत २०७४, ११ : २५
सोमबार, १९ चैत २०७४

काठमाडौं–हिरो हिरोइन, गायका गायिका हुन् वा सङ्गीतकार नै । अचेल कोही न कोही फरक धन्दामा जोडिएको देख्न र पाउन सकिन्छ । कलाक्षेत्रको आम्दानीले जीवन सहज हुने भएकाले पनि उनीहरू कलाकारिताको अलवा फरक धन्दामा देखिने गरेका हुन् । यसरी फरक धन्दामा देखिने कोहीले कलाक्षेत्र भन्दा बाहिर व्यापार व्यवसाय, उद्योग, नोकरीलगायत विभिन्न धन्दा अँगाली रहेका छन् भने कोही कलाकारिताभित्र नै आफ्नो मूल धन्दाको अलवा अन्य धन्दामा पनि आफूलाई सक्रिय राख्दै आएका छन् । यस्तै कलाकारिताभित्र विभिन्न धन्दा चलाउनेमध्येका एक हुन्– सङ्गीतकार अर्जुन पोखरेल । अर्जुन अहिले चलेका र व्यस्त सङ्गीतकार पनि हुन् ।

उनको मूल पेसा सङ्गीत सिर्जना नै हो । उनले सङ्गीत गरेका ‘छुट्छ कि साथ, टुट्छ कि नाता..., ‘बाटो मोडेर गयौ...’, ‘रिमझिम रिमझिम...’, ‘सुन्छु तिमीले...’, ‘तिम्रो आँखामा...’, ‘सुखले दिन ढल्दैन...’ लगायत दुई दर्जनभन्दा बढी गीतले साङ्गीतिक बजार तताएका मात्र होइनन् । व्यावसायिक रेकर्डसमेत बनाएका छन् । उनी गायक, गायिकाको मात्र होइन, चलचित्र बनाउने निर्माता, निर्देशकका रोजाइमा पहिलो नम्बरमा पर्ने सङ्गीतकार पनि हुन् । उनका राम्रो सङ्गीतका कारणले कैयौँ चलचित्रसमेत हिट भएका छन् । यिनै सङ्गीतकार अर्जुन सङ्गीत सिर्जनासहित पाँच धन्दामा सक्रिय छन् । उनले चलाउँदै आएका यस्ता छन् पाँच ‘धन्दा’ । 


सङ्गीत 
सङ्गीतमा उनी काठमाडौं छिरेदेखि नै क्रियाशील छन् । चाहे त्यो सिक्दा होस् वा सिकाउँदा । सङ्गीतबाट जीविकोपार्जन गर्दा नै किन नहोस् । उनी सङ्गीतमा रमाइरहेका छन् । विसं २०५८ बाट सङ्गीत अध्यायन थालेको उनले २०५९ बाट सङ्गीत अध्यापन थालेको थिए । यो काम अहिले पनि जारी छ । प्रत्येक दिन बिहान उठेदेखि बेलुका नसुतेसम्म आफू सङ्गीतको धन्दामा रमाउने गरेको उनले बताए । उनी अहिले चलचित्र, आधुनिक, पप, लोक सबै प्रकारको गीतमा सङ्गीत गरिरहेका छन् । सङ्गीतको कारणले कमाइ पनि राम्रो छ । रोयल्टीको विषयमा बुढासुब्बा र रोयल्टीसङ्घ बीच विभिन्न किचलो नभएको भए उनी अहिले सङ्गीतमा सबैभन्दा बढी रोएल्टी लिने सङ्गीतकारमा पर्थे । त्यो भोलिका दिनमा आउने आस गरेका उनले पाउनु आफ्नो अधिकार भएको बताए । सबै प्रकारका गरेर १५ सय गीतमा सङ्गीत भरेका उनलाई सङ्गीतको धन्दाबाट पूर्ण रूपमा आत्मसन्तुष्टि मिलेको छ । सङ्गीतमा लागेको सुरुवाती दिनदेखि नै यो क्षेत्र फेर्छु भन्ने नलागेको बताउने उनले सङ्गीत गरेको १५ सय गीत सबै बजारमा आएका भने छैनन् । ‘१५ सयभित्र म व्यावसायिक रूपमा सङ्गीतमा नआउँदादेखि गाउँदा, सिक्दासम्मका गीत पर्छन्’ उले भने । जब २०६७ पछि व्यावसायिक रूपले उनी सङ्गीतमा होमिए । त्यसपछि उनले बनाएका धेरै गीत हिट छन् । अहिले पनि क्रियाशील छन् । आम्दानी पनि राम्रो छ । गीत गाउन जो कोहीले सक्ला तर सङ्गीत गर्न सबैले सक्दैनन्, उनले भन्ने गरेका छन् । सङ्गीतमा सबै खालका सिर्जना गर्न सक्छु भन्ने आत्मविस्वास उनीमा रहेको छ ।

एरेन्जर 
अर्जुन पोखरेलका धन्दामध्येको एक सङ्गीत संयोजन अर्थात एरेन्जरको काम पनि हो । ‘गीतकार रथ र सङ्गीतकार चालक हो । रथका घोडाहरू त्यसका गायक गायिका हुन् । एरेन्जर रथलाई सिगार्ने वस्तु हुन्’ अर्जुनले भन्ने गरेका छन् । उनले सङ्गीत संयोजन गरेको गीतहरू ‘बाटो मोडेर गयौ’, ‘सुन्छु तिमीले मलाई’, ‘मैले तिमीलाई मन पराएको अवस्था हो’, ‘म त अलपत्र पर्छु’, ‘तिमी लाइटर म भाको चुरोट’ जस्ता गीत हिट छन् । उनले अहिलेसम्म सङ्गीत संयोजना गरेको गीत १५० जति भए होला । सङ्गीत संयोजनबाट पनि उनले राम्रो आम्दानी गरेका छन् । सङ्गीत संयोजनबिना गीत अधुरो रहने उनले बताए ।

शब्द (लेखन) 
अर्जुन सङ्गीतमा लाग्नुभन्दा पहिलेदेखि नै गीत लेख्थे । गीत लेखन उनको स्कुलेदेखिकै बानी हो । अहिले पनि धेरैका लागि उनले गीत लेखेका छन् । उनले लेखेको गीत कतिपयले एल्बमका राखेका छन् । कतिपयको गीत करेक्सन गरिदिएका छन् उनले । उनले लेखेको गीत कतिपय चलचित्रमा पनि राखिएका छन् । गीत लेखनबाट पनि आफ्नो राम्रो धन्दामा चलेको उनी बताउँछन् । सयभन्दा बढी गति आफूले लेखेको उनले बताए । ‘म यस्तो गीत गाउँछु’, ‘तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्’ ओस्, ‘तिमी रोयको पल तिमीलाई हसाउन नसकूँला’, ‘जबजब तिम्रो साथ’, ‘म गाउँदिन गीत गजल सरगम सँगालेर’, ‘गीतभन्दा मिठास पाएको छु, तिमीलाई अँगालेर’, ‘मलाई हेरेर हैरान बनायो त्यो काले काले केटाले’लगायत थुप्रै गीत उनले लेखेका छन् । गीत लेखनबाट पनि आफूले राम्रो आम्दानी गरिहेको उनले बताए ।


गायक 
अर्जुन गायक पनि हुन् । उनी गति पहिलेदेखि नै गाउँथे । गीत लेख्ने, सङ्गीत भर्नेको अलवा उनको गीत लेख्ने पनि सानैदेखिको बानी हो । औपचारिक गायन भने उनले २०६१ बाट मात्र सुरु गरे । यो वर्ष यनले गाएको गीत ‘क्याम्पु आइयो एसानी’ गीत गाएका थिए । यो गीतबाट उनले कालिका अवार्डसमेत हात पारे । यो गीत उनले सिन्धु मल्लसँग गाएका थिए । त्यसपछि उनले चलचित्र ठमेल डटकममा ‘मेरो सुखले दिन ढल्दैन तिमी नभए मेरो जिन्दगानी चल्दैन’ गीत गाएका थिए । फेरि चलचित्र ‘पिँजडा ब्याक अगेन’मा पनि गाए । यो चलचित्रमा उनले ‘तिमी आधा म पनि आधा पूरा हुने कहिले’ बोलको गीत गाएका थिए । ‘किन आजकल तिम्रो मन मैलो भयो’ यो गीतले अहिले करिब एक करोड दर्शक पाएको छ । यो पनि उनले गाएका हुन् । धेरै नभनौं व्यावसायिक रूपमा एक दर्जन जति आफूले गाएको अर्जुनले बताए । गीत गाएर पनि उनले राम्रो आम्दानी गरेका छन् । गीत गाउने भनेर जे पायो त्यही नगाउने बताउने उनी आफ्नो स्वर सुहाउने मात्र गीत गाउने गरेका छन् । ‘गीत गाउन बाहिरी अफर पनि आइरहन्छन् । पहिले गीत सुन्छु । आफूलाई सुहाउने भए गाउँछु’ उनले थपे, सुहाउँदैन । मभन्दा अर्काे मान्छेले राम्रो गाउँछ जस्तो लागे त्यो अरूलाई दिनु भन्छु ।’ ‘गीत गाउनभन्दा सबैभन्दा गाह्रो सङ्गीत सिर्जना गर्न हो । त्यसपछिको अप्ठ्यारो गायन । गायनका लागि गला गढगिफ्ट चाहिन्छ ।’ उनले सुनाए । स्वर राम्रो छ भने प्राक्टिस गरेर गीत गाउन सकिन्छ भन्ने उनी म सबै प्रकारको सङ्गीत सिर्जना गरेर आफू न्याय गर्न सक्ने तर सबै प्रकारको गीत गायनमा न्याए गर्न नसक्ने बताउँछन् । 

सङ्गीत प्रशिक्षक 
२०५९ देखि उनले अनुराग सङ्गीत विद्यालयमा सङ्गीत अध्यापन गराउँदै अएका छन् । यो क्रम अहिले पनि जारी छ । अनुरागमा उनी बिहान ७ देखि ८ सम्मको कक्षा लिने गर्छन् । अध्यापनका क्रममा उनी पहिले बेसिक सङ्गीत स्विकार्छन् । त्यसपछि क्लासिकल । गायक गायिका बन्न आएकालाई कसरी गाउने, स्वरको प्रकृति के हो ? कस्तो गीतलाई आफ्नो भ्वाइस सुहाउँछु । स्टुडियोमा बोल्ने भाषा के हुन् । ती विषयका ज्ञान उनी प्रशिक्षणको क्रममा दिने गर्छन् । प्रशिक्षणबाट खुसी मात्र होइन । उनको आम्दानी पनि हुने गरेको छ । किनभने उनले जहाँ जहाँ पढाए, त्यहाँका विद्यार्थीले भन्ने गर्थे । अर्जुन सर भएपछि मज्जा हुन्छ । अध्यायनको क्रममा आफूले रमाइलो गरेर फ्रेन्ड्ली बनाउँदै पढाउने गरेको उनले सुनाए । उनीहरूलाई मुख खोलेर गाउन लाज नहोस् भनेर उनले यसरी अध्यापन गराउने गरेका हुन् । चलेका गायक गायिकादेखि नयाँसँगले उनीसँग प्रशिक्षण लिने गरेका छन् । अहिले पनि उनी फिरोज बस्नेत, अब्सरा घिमिरे लगायतले एक दुईवटा गीत हिट भइसकेका गायक गायिकालाई प्रशिक्षण दिइरहेका छन् । सङ्गीत सिकाउन अप्ठ्यारो रहेको बताउने उनी आफूसँग आउने विद्यार्थी विभिन्न भेराइटिका हुने बताउँछन् । उनले भने– ‘कोहीलाई तीन महिनामा राम्रो गीत गाउने बन्नुपर्ने हुन्छ । कोहीलाई केही बजाउनुपर्ने हुन्छ ।’ सङ्गीतको गुरु हरेक समय अपडेट हुुनुपर्ने बताएका उनले गुरु जहिले पनि सबै कुरामा अपडेट हुनुपर्ने धारणा राख्दै भने ‘चेलो १०आंै किताब पढेर आएका हुन्छन्, जुनै ठाउँबाट पनि प्रश्न राख्न सक्छन् । गुरुले त्यसको उत्तर दिनुपर्छ ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप