जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने
बुधबार, २० मङ्सिर २०८०, १६ : ०७
काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको पदाधिकारी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।
जसपाले कोसी प्रदेश सरकारलाई विश्वासको मत भने दिएको थियो ।