सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेती नदीमा बेपत्ताको खोजी गर्न लागि सशस्त्र प्रहरीको गोताखोर खटाइयो

बुधबार, २० मङ्सिर २०८०, १६ : ०६
बुधबार, २० मङ्सिर २०८०

बझाङ । बझाङ जिल्लाको मस्टा गाउँपालिका ४ तातोपानी स्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ । 

सोही गाउँपालिका ४ आग्रा बस्ने अन्दाजी ३८ वर्षीय सुरेन्द्र कठायत यही कार्तिक ११ गते उक्त नदीमा नुहाउने क्रममा बेपत्ता भएको बताइएको छ । उनको खोजी कार्यको लागि मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको हो ।

यसअघि सोमबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका सोही गाउँपालिका १ बस्ने अन्दाजी ४२ वर्षीय छिरिङ्ग तामाङको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नंं. २० विपद् उद्धार उपत्यका गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको थियो । गोताखोरले  मंगलबार  ११ः२५ बजेबाट  खोजतलास  सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप