आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप छनौटमा अर्नाको प्रोत्साहन : बलिङतर्फ अविनाश, ब्याटिङमा कुशलले धेरै रकम पाउने

बुधबार, २० मङ्सिर २०८०, १६ : ४९
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । एसियातर्फको टी–२० विश्वकप छनौट अन्तर्गत नेपालको दोस्रो खेलमा बलर अविनाश बोहोराले सबैभन्दा धेरै रकम पाउने भएका छन् । मलेसियाविरुद्ध बलिङ गर्नेक्रममा अविनाश बोहोराले ४ विकेट लिँदै ५ डट बल फालेका थिए । यसअनुसार बोहोराले १ लाख ५ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, १ विकेट लिँदै ९ डट बल फालेका सन्दीप लामिछानेले ३४ हजार रुपैयाँ, १ विकेट लिएका गुल्सन झाले ३१ हजार रुपैयाँ पाउने भएका छन् । यसैगरी, बलिङतर्फ नै १ विकेट लिएका कप्तान रोहित पौडेलले २९ हजार, करण केसीले ७ हजार, सोमपाल कामीले ४ र कुशल मल्लले समेत ४ हजार रुपैयाँ पाउनेछन् ।

यसबाहेक, क्याच गर्ने खेलाडीले प्रति क्याच २५ हजारका दरले पाउने व्यवस्था अनुसार कुशल भुर्तेलले ५० हजार पाउनेछन् । उनले मलेसियाको दुई क्याच गरेका थिए । कुशल मल्लले २५ हजार र कप्तान पौडेलले समेत २५ हजार पाउने छन् । रन आउटमा समेत २५ हजार पाउने घोषणाअनुसार करण केसी र आसिफ शेखले संयुक्त २५ हजार पाउनेछन् । यस्तै, गुल्सन झाले र आसिफ शेखले समेत २५ हजार बाँड्नुपर्ने छ ।

अर्नाले डाइरेक्ट हिटमा थ्रोअरले एकलौटी २५ हजार पाउने जनाएको छ । स्टम्पड भएको अवस्थामा थ्रोअर र स्टम्प गर्नेले २५ हजार बाँड्नुपर्ने छ । आजको खेलमा मलेसियाविरुद्ध नेपालका कुनै खेलाडीले डाइरेक्ट हिट गर्न सकेनन् । स्टम्पड भने दुई पटक भएको थियो ।

१६६ रनको लक्ष्य भेट्टाउने क्रममा ओपनिङ ब्याट्सम्यान भुर्तेलले ४ छक्का र ४ चौका हान्दै ४३ रन जोडे । यसक्रममा उनले १ लाख ६३ हजार रुपैयाँ पाउँछन् । यस्तै, २ छक्का १ चौकासहित ३२ रन बनाएका आसिफ शेखले ८२ हजार पाउनेछन् । यस्तै, २ रन जोडेका कप्तान पौडेलले ब्याटिङतर्फबाट जम्मा २ हजार पाउनेछन् ।

यस्तै, उत्कृष्ट पारी खेलेका ब्याट्सम्यान कुशल मल्लले ७ छक्का र २ चौकासहित ६५ रन जोडे । यसक्रममा उनले अर्नाबाट २ लाख २५ हजार रुपैयाँ पाउनेछन् । २ चौकासहित १८ रन जोडेका सन्दीप जोराले ३८ हजार र विवेक यादवले २ हजार रुपैयाँ पाउनेछन् ।

अर्नाका अनुसार बलरले प्रतिविकेट २५ हजार रुपैयाँ पाउँछन् । यस्तै, फिल्डरले समेत प्रति क्याच २५ हजार र प्रति रन आउटमा समेत २५ हजार रुपैयाँका दरले पैसा पाउँछन् । यसबाहेक, छक्का प्रहार गर्दा २० हजार र चौकामा १० हजार रुपैयाँ पाउने घोषणा अर्नाले गरेको छ ।

अर्नाको घोषणाअनुसार कसले कति पाउँछन् ?

a

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप