आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्बियन गोलरक्षक कुपिज एनएसएलका लागि झापा एफसीमा अनुबन्धित

बुधबार, २० मङ्सिर २०८०, १७ : १०
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । सर्बियन गोलरक्षक स्टेफन कुपिज नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि झापा एफसीसँग आबद्ध भएका छन् । उनी झापा एफसीमा आबद्ध हुने पहिलो विदेशी खेलाडी पनि बनेका छन् । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट कुपिजलाई अनुबन्ध गरेको जानकारी दिएको हो । 

सर्बियाको यू-१७,  यू-१९, यू-२१ र यू-२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका कुपिजसँग सर्बियन सुपर लिगा र अर्मेनियन प्रिमियर लिग खेलेको अनुभव छ ।  यसका अतिरिक्त उनीसँग युरोपियन च्याम्पियन्स लिग क्वालिफायर र युरोपा लिग क्वालिफायरजस्ता चर्चित युरोपियन लिगमा खेलेको अनुभव पनि छ । 

२९ वर्षीय सर्बियन गोलरक्षक कुपिजको एशियन फुटबलमा भने यो पहिलो अनुभव हुनेछ । उनले झापा एफसीसँग जोडिन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । उनले आफूले यसलाई चुनौतीको रूपमा लिएको पनि बताए । 

‘युरोपियन फुटबलमा लामो समय खेलेर अनुभव बटुलिसकेका स्टेफनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौँ । उनको आगमनले टिममा छुट्टै उर्जा मिल्ने आशा लिगेका छौं । उनको अनुभव टिमको लागि महत्वपूणर् हनेछ,’ झापा एफसीका प्रवक्ता तथा महासचिव सुजन गौतमले भने ।

झापा एफसीले मुख्य प्रशिक्षकको रूपमा स्पेनिस ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ । झापा एफसी नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि थपिएको तीनवटा नयाँ टोलीमध्ये एक हो । एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौँको दशरथ रंगशालामा सुरु हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप