सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तिहारको मौकामा पोखरामा पुष्प प्रदर्शनी हुने

सोमबार, १७ वैशाख २०८१, २० : २३
सोमबार, १७ वैशाख २०८१

पोखरा । तिहारको मौकामा पोखरामा पुष्प प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एशोसियसन कास्कीले कात्तिक तेस्रो साता मेला आयोजना गर्न लागेको हो । कात्तिकको १७  देखि २० गतेसम्म पोखराको सभागृहमा पुष्प प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । 

मेलामा गोदावरीसहित सबै प्रजातिका फूलहरुको प्रदर्शनी गरिने डिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार २४ वटा स्टल रहन्छन् । तीमध्ये २० वटा व्यावसायिक, ३ वटा कृषि सामग्री र एउटा सूचनामूलक स्टल रहने छन् । 

फ्यानले हरेक वर्ष फूलको महोत्सव गर्दै आएको छ । यो वर्ष गोदावरीसँगै सयपत्री, मखमली, सिजनल फूलहरु, सुनगाभा, बोन्साइका बिरुवा र कट्फ्लावर पनि प्रदर्शन गरिनेछ । उपभोक्तालाई नेपाली उत्पादनमा आकर्षित गर्न मेला आयोजना गरिएको पूर्व अध्यक्ष दयाकुमार द्धाले जानकारी दिए । 

‘नेपालमै सबै फूलहरु उत्पादन हुन थालेका छन् । तर हामी विदेशबाट आयात गर्छौँ,’ उनले भने, ‘हाम्रा उपभोक्तालाई स्थानीय उत्पादनमा आकर्षित गर्ने प्रमुख उद्देश्य हो ।’ गण्डकी प्रदेशमा ४८ जना मात्रै व्यावसायिक फूल किसान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप