आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओमानले भिजिट भिसालाई वर्किङ भिसामा परिवर्तन नगर्ने

बुधबार, २० मङ्सिर २०८०, १५ : ०४
बुधबार, २० मङ्सिर २०८०

काठमाडौं । ओमानले भिजिट भिसा वा पर्यटन भिसालाई अन्य भिसामा परिवर्तन नगर्ने भएको छ । पर्यटन भिसा वा भिजिट भिसामा 
आफ्नो देशमा पुगेका विदेशीहरूलाई ओमान वर्किङ भिसामा परिवर्तन नगर्ने निर्णय गरेको हो । विदेशीहरू भिजिट भिसामार्फत ओमान पुगेर वर्किङ भिसामा परिवर्तन गर्दै उतै बस्ने क्रम बढेपछि ओमानले उक्त कार्यमा रोक लगाएको हो ।

ओमानले विशेषगरी बंगलादेशी नागरिकहरूलाई सबै प्रकारका भिसा नदिने निर्णय गरेको हो । मस्टकस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई समेत सचेत गराएको छ ।

कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउँछ भनेर प्रलोभवनमा पारेको खण्ड सचेत रहन आग्रह गरेको छ । त्यस्ता खालका गलत आश्वासन दिनेप्रति सचेत रहन दूतावासले आग्रह गरेको हो । 

398077124_649457774035754_521470356473266543_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप