आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विलीले विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

बुधबार, २० मङ्सिर २०८०, १५ : १७
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । इंग्ल्याण्डका तीव्र गतिका बलर डेभिड विलीले भारतमा जारी एकदिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । इंग्ल्याण्डको क्रिकेट बोर्डले सन् २०२३–२४ सिजनका लागि केन्द्रीय करार नदिने भएपछि ३३ वर्षीय खेलाडीले सन्यास लिने निर्णय गरेका हुन् ।

एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरिरहेको इंग्ल्याण्डको टोलीका लागि राम्रो खेलिरहेका विलीले २७.२० को औसतले ५ विकेट लिएका छन् भने ४२ रन समेत बनाएका छन् ।

तर विश्वकपमा समावेश खेलाडीहरूमध्ये केन्द्रीय करार पाउने २६ खेलाडीको सूचीमा नपर्ने उनी एक्लो खेलाडी बनेका थिए । अर्को जुनमा टी–२० विश्वकप आयोजना हुने भएपनि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा हुने निर्णय लिएका हुन् ।

विलीले अब अस्ट्रेलिया नेदरल्याण्ड्स र पाकिस्तानविरुद्धको बाँकी तीन खेलमा आफ्नो ‘सबै कुरा दिने’ बताएका छन् । विलीले व्यावसायिक टी–२० खेलहरू भने खेल्नेछन् । उनलाई आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पुनः टोलीमा समावेश गर्ने सम्भावना रहेको छ ।

सन् २०१५ मा इंग्ल्याण्डका लागि डेब्यू गरेका उनले ७० एकदिवसीयमा टोलीका लागि ९४ विकेट लिएका छन् भने टी–२० मा ४३ खेलमा ५१ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप