बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

कम्बोडियाको टेलिकममा अध्यक्ष ओलीको लगानी छ भन्ने दुर्गा प्रसाईलाई कारबाही होस् : सांसद ज्ञवाली

मङ्गलबार, १८ वैशाख २०८१, १२ : ००
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेकी छिन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भ्रम सिर्जना गरिएको बताइन्। 

सांसद ज्ञवालीले भनिन–‘यतिबेला दुर्गा प्रसाईजस्ता अराजक व्याक्तिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन् । सुशासन र विकासमा सबैभन्दा योग्य साबित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो । यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्त्वलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप