बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाउने दुई जना पक्राउ

मङ्गलबार, १८ वैशाख २०८१, १२ : १०
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । श्रम स्वीकृति लगायत नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने २३ वर्षीय अजित फेवाली र २१ वर्षीय विपिन ढकाल रहेका छन् ।

भिजिट भिसामा विदेश जानका लागेका व्यक्तिहरू शङ्कास्पद रहेको भन्दै गत कार्तिक १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको थियो । अनुसन्धानका क्रममा सुजल हेङ्गजुको नाममा श्रम स्वीकृति नक्कली पाइएको थियो । 

प्रहरीले यस क्रममा सोल्टिमोडमा रहेको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट फेवाली र ढकाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप