आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दीपेन्द्रलाई खेलमा फर्काउन प्रयास भइरहेको छ : प्रशिक्षक देसाई

बिहीबार, २१ मङ्सिर २०८०, १६ : १६
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । ओमानसँगको हारपछि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एशिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भइरहेको बताएका छन् । 

खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षकले चोटग्रस्त अलराउण्डर दीपेन्द्रसिंहलाई टोलीमा फर्काउन सबै प्रयास भइरहेको उल्लेख गरेका हुन् । सिंगापुरसँगको पहिलो खेल सुरु हुन लाग्दा अभ्यासका क्रममा घाइते भएका दीपेन्द्रले जारी प्रतियोगिता खेल्न पाएका छैन । उनी केही महिना टोली बाहिर रहने चर्चा पनि चलेको थियो । तर, प्रशिक्षक मोन्टीले दीपेन्द्रलाई टोलीमा फर्काउन धेरै प्रयास भइरहेको धारणा दिएका हुन् ।

दीपेन्द्रले समूह ‘ए’ को अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहँदा पनि टियु मैदानभित्र रहेको नेटमा अभ्यास गरिरहेका थिए । त्यसैले दीपेन्द्रसिंह टोलीमा फर्कने सम्भावनाबारे प्रश्न गर्दा प्रशिक्षक देसाईले उनको करियरका लागि धेरै प्रयास भइरहेको बताए । प्रशिक्षक देसाईले अहिले नै दीपेन्द्र खेल्न सक्छ भन्ने अवस्थामा पनि नरहेको स्पष्ट पारे ।  

प्रशिक्षक देसाईले हरेक दिन नयाँ प्रतिभा खोज्ने आशा रहने गरेको र आज विवेकको प्रदर्शनले आफूलाई धेरै मनोरञ्जन पनि लिएको धारणा दिए । त्यसैले नयाँ प्रतिभाहरू आउनु नेपाल राम्रो क्रिकेटिङ राष्ट्र रहेको प्रमाणित भएको उनले उल्लेख गरे ।

साथै प्रशिक्षक देसार्ईले लक्ष्य भेटाउन सक्ने खालको भएपनि सफल हुन नसकेको उल्लेख गर्दै विपक्षको बलिङ पनि राम्रो रहेको संकेत गरे । युएर्ईसँगको सेमिफाइनलमा एक पटक फेरि धैर्यता राख्दै राम्रो खेल्ने उल्लेख गर्दै उनले आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको बताए । आजको हारमा कुनैपनि खेलाडी दोषी नरहेको भन्दै उनले खेलाडीहरूको बचाउ पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप