आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपको ४८ वर्ष लामो इतिहासमा बुमराहको नाममा लेखिएको यो कीर्तिमान

शुक्रबार, २२ मङ्सिर २०८०, १५ : ५१
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बिहीबार राति सम्पन्न खेलमा भारतले श्रीलंकालाई तीन सय दुई रनले हराउँदा दुई भारतीय खेलाडी विराट कोहली र मोहम्मद सामीले थुप्रै कीर्तिमान पनि आफ्नो नाममा लेखाएका थिए ।

सोही खेलमा भारतीय बलर जसप्रित बुमराहको नाममा पनि एउटा कीर्तिमान लेखिएको थियो । तर, बुमराहले बनाएको त्यो कीर्तिमानको भने खासै चर्चा भएन । खासमा ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाली टोलीको पहिलो विकेट बुमराहले नै लिएका थिए ।

उनले पहिलो ओभरको पहिलो बलमै श्रीलंकाका ओपनर ब्याट्सम्यान पाथुम निशानकालाई एलबीडब्लूको धरापमा पारेका थिए । त्यसपछि बुमराह एकदिवसीय विश्वकपको ४८ वर्ष लामो इतिहासमा पहिलो ओभरको पहिलो बलमै विकेट लिने पहिलो भारतीय बलर बनेका हुन् ।

यसअघि एकदिवसीय पुरुष विश्वकपको इतिहासमा कुनै पनि भारतीय बलरले यस्तो सफलता हात पार्न सकेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप