आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको  स्वास्थ्यकर्मी टोली दाङबाट भूकम्प प्रभावित क्षेत्रमा

शनिबार, १५ वैशाख २०८१, ११ : २२
शनिबार, १५ वैशाख २०८१

बुटवल । भूकम्प प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको छ । आज बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र हिँडेको हो ।

मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्त प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएका हुन् । टोलीमा विशेषज्ञ चिकित्सक छन् । मुख्यमन्त्री चौधरीका प्रेस संयोजक गोपाल भट्टराईका अनुसार उनीहरूलाई औषधीसहित पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप