आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमासको आक्रमण : आनन्दको शव ल्याउन ढिलाइ गरेको भन्दै सपहीमा प्रदर्शन

शनिबार, १५ वैशाख २०८१, १२ : ३२
शनिबार, १५ वैशाख २०८१

जनकपुरधाम । इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिकाका–४ का सपहीका आनन्द साहको शव ल्याउन ढिलाइ गरेको भन्दै शनिबार प्रदर्शन गरिएको छ । स्थानीयहरूले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत सपहीमा प्रदर्शन गरेका हुन् । 

शुक्रबार नै आइपुग्ने भनिएको उनको शव अहिलेसम्म नआएको भन्दै उनीहरूले प्रदर्शन गरेको बताइएको छ । उनको शव आज बिहान ९ बजे सपही नै आइपुग्ने भनिएको थियो । तर, जाजरकोटमा गएको भूकम्पको कारणले नेपाली सेनाको हेलिकप्टरले उद्धारमा खटेको कारण शव नआइपुग्दा स्थानीयहरूले सडक अवरुद्ध गरेका हुन् । करिब एक घण्टादेखि उनीहरूले सडकमा प्रदर्शन गरिरहँदा आवतजावत अवरुद्ध भएको छ ।

prasrasan (2)

२८ दिन बित्दा पनि आफन्तले उनको शव पाएका छैनन् । उनको परिवारजनले शव समयमै प्राप्त गर्न नसक्दा शोक र पीडा लम्बिएको छ । आनन्दकी आमा बुवा र बहिनी छिनछिनमै बेहोस भइरहेको अवस्था छ । आनन्द साहको घर पुगेका जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदिप साह भन्छन्, ‘कम्तीमा शव समयमै पाएर दाहसंस्कार गर्न पाए परिवार सम्हाल्न सकिन्थ्यो । तर, सरकारको यो ढिलासुस्तीले आनन्दको परिवारजनले थप पीडा खेप्नु परेको छ ।’

सरकारले शव आज ९ बजे आइपुग्ने जानकारी गराएपछि उनको दाहसंस्कारको सबै तयारी गरिएको थियो । जाजरकोट घटेको आकस्मिक घटनाले उनको शव आज नआएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जनाएका छन् । उनका अनुसार नेपाली सेनासहितका सबै टिम भूकम्प पीडितहरूको उद्धारमा खटेकोले उनको शव भोलि मात्रै आइपुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप