सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितका लागि तिलाेत्तमा नगरपालिकाद्वारा १० लाख रुपैयाँ सहयोग

शनिबार, २३ मङ्सिर २०८०, १६ : १३
शनिबार, २३ मङ्सिर २०८०

बुटवल । गत राति गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाख रुपैयाँसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ ।

शनिबार बसेकाे बैठकले भूकम्पले नराम्ररी क्षति पुर्‍याएको २ जिल्लाका लागि पालिकाको विपद् कोषबाट जाजरकोट र रुकुम पश्चिमलाई  ५-५ लाख रुपैयाँ बजेट पठाएको तिलाेत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले जानकारी दिए । उनले आफू जान नसके पनि उद्धार कार्यका लागि पालिकाका स्वास्थ्य प्रमुखसहितको टोलीलाई पठाइएको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप