आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनकपुर आइपुग्यो आनन्दको शव

शनिबार, २३ मङ्सिर २०८०, १७ : २५
शनिबार, २३ मङ्सिर २०८०

जनकपुरधाम । इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव जनकपुरधाम आइपुगेको छ । नेपाली सेनाको विशेष विमानबाट उनको शव अहिले ४ बजेर ३० मा जनकपुधरधाम विमानस्थलमा आइपुगेको हो । 

विमानस्थल नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर सपही लानेछ। । उनको शवलाई आजै दाहसंस्कार गरिने बुझिएको छ । हिजै शव आइपुग्ने तय भए पनि केही कारणवस आज बिहानै ९ आउने भनिएको थियो । तर जाजरकोटमा गएको भूकम्पमा नेपाली सेनाको टोली उद्धारमा खटिदा उनको शव आउन ढिलाइ भएको थियो । आज बिहान शव नआउँदा स्थानीयहरूले प्रदर्शन समेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप