सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न हातहतियारसहित दुई जना पक्राउ

शनिबार, २३ मङ्सिर २०८०, २० : २७
शनिबार, २३ मङ्सिर २०८०

दाङ । दाङमा विभिन्न हातहतियारसहित शुक्रबार राति दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका-६ बस्ने ४९ वर्षीय दिल बहादुर राना र ४५ वर्षीय निम बहादुर बुढा छन् ।

ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले बगाले बिसाउने सामुदायिक वनबाट दिलबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १३ थान, छर्रा २४ थान, बारुद करिब ५० ग्राम, खुकुरी २ थान र बन्दुकमा लगाउने केप ७ थान तथा निमबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १० थान, छर्रा १३ थान, बारूद करिब ५० ग्राम र बन्दुकमा लगाउने केप ५ थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप