आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाइयो

शनिबार, २३ मङ्सिर २०८०, २२ : ३५
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । जाजरकोटमा विनाशकारी भूकम्प गएसँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेह्रौँ बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आइतबार बिहान ९ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

जाजरकोट भूकम्प र त्यसको प्रभाव, अवस्था र आगामी कार्यको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३ बमोजिमको परिषद्को बैठक बोलाइएको बताइएको छ । बैठकका कार्यसूचीमा भूकम्प प्रभावितको पहिचान र पुनर्स्थापना, खोज उद्धार एवं राहतका सम्बन्धमा स्रोत व्यवस्थापनलगायत रहेका छन् ।

bipad

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप