सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई

शनिबार, २३ मङ्सिर २०८०, २१ : ४३
शनिबार, २३ मङ्सिर २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले सो अवधिसम्म कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो।

कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किँदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्युयोर्क’ र अलबेनिक ३०औँ डिस्ट्रिक्ट’ गरी दुईवटा कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेका हुन् ।

lumbini

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप