आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फ्लप भयो अर्जुन कपुरको ‘द लेडी किलर’

मङ्गलबार, ११ वैशाख २०८१, १० : ४१
मङ्गलबार, ११ वैशाख २०८१

मुम्बई । अर्जुन कपुर र भूमि पेडनेकरको फिल्म ‘द लेडी किलर’ फ्लप भएको छ । केही दिन अघि ट्रेलर रिलिज हुँदा फिल्मले राम्रो रेस्पेन्स पाएको थियो । मर्डर मिष्ट्रीमा अर्जुन र भूमिबीचको लभ अफेयरले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको थियो । यो फिल्म दुबैको करियरमा टर्निङ प्वाइन्ट हुने आशा गरिएको थियो । तर फिल्म रिलिज भएपछि स्थिति पूरै उल्टियो ।

फिल्म बिना कुनै प्रमोशन नोभेम्बर ३ मा रिलिज भयो । तर पहिलो दिन हलसम्म ३०० जना दर्शक पनि गएनन् । रिपोर्टका अनुसार पहिलो दिनमा फिल्मको जम्मा २९३ वटा मात्रै टिकट विक्री भएका छन् । अर्थात् पहिलो दिनमा फिल्मले ३८ हजार रुपयाँ मात्रै कमाई गरेको छ । कोभिडको महामारीयता अहिलेसम्म कुनै पनि बलिउड फिल्मले कमाईको मामिलामा यस्तो दूर्दशा भोग्नु परेको थिएन ।

फिल्मको निर्देशन अजय बहलले गरेका थिए । यस अघि बहलले बनाएको सेक्शन ३७५ बनाएका थिए । त्यो फिल्मले पनि खासै राम्रो रेस्पोन्स पाएको थिएन । फिल्म बिना कुनै बज र प्रोमोशन ठूलो पर्दामा रिलिज गरिएको थियो । न त अर्जन न भूमिले नै यो फिल्मको ट्रेलरलाई आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका थिए । ट्रेलर पनि फिल्म रिलिज हुने ५ दिन अघि मात्रै आएको थियो । सप्ताहन्तपछि फिल्मलाई सिनेमाघरबाट हटाउने अनुमान गर्न लागिएको छ । यो फिल्म ओटीटीमा भने आउन सक्ने बताइएको छ । अर्जुन कपुर र भूमि पेडनेकरको यो फिल्म के हुन्छ यो भने हेर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप