आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लघुकथा : जालीदार पोशाक

मङ्गलबार, ११ वैशाख २०८१, ११ : ५३
मङ्गलबार, ११ वैशाख २०८१

सलिना एकाविहानै लडिबुडी गर्न थाली । अभिभावकलाई पर्नु पीर पर्यो । सबै जना अत्तालिए । एउटी छोरी । ममताले भरियो । 

‘गाउँमा हजुरबा हजुरआमाले नछुनी हुँदा पर सुताउनु भयो रे ।’ सखी बोली । 

फोन गरेर सोधीखोजी भयो । राती दुई दुईवटा ब्लान्केट ओढेको थाहा भयो । रोग पत्ता लगाउन तुरुन्त अस्पताल लगियो । लामो चेक जाँच गरेपछि डाक्टरले छोरीको नाइटोमा मसार्यो ।  

अभिभावक दम्पत्तिलाई रिस उठ्यो । उनीहरुले भने, ‘ए डाक्टर, हाम्रै अगाडि हाम्री छोरीको  नाइटोमा मुसार्न  अलिकति लाज सरम लाग्दैन ?

डाक्टर मुसु मुसु हाँसे । उनले भने, ‘जाली र टालो भिरेर छोरीहरु घरबाहिर निस्केपछि अरुको नजरमा त पक्कै पर्छन् । तर, त्यसले न त अस्तित्व छेक्छ । झन् चिसो त छेक्दै छेक्दैन ।’ 
हेलम्बु–६, सिन्धुपाल्चोक
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण गजुरेल
बालकृष्ण गजुरेल
लेखकबाट थप