आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट प्रतियोगिता

गुल्सन झाले लिए ओमानको दोस्रो विकेट

आइतबार, १६ वैशाख २०८१, १३ : ३१
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो दोस्रो विकेट गुमाएको छ । 

ओमानको दोस्रो विकेट गुल्सन झाले लिएका हुन् । गुल्सनले ओमानका ब्याट्सम्यान अकिब इलियसलाई पेभेलियन फर्काएका हुन् । गुल्सनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिबलाई सन्दीप जोराद्वारा क्याच गराएका हुन् ।

अकिबले टोलीका लागि ३३ रनको योगदान गरे । उनले १९ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए । उनी आउट हुँदा ओमानले ९.४ ओभरमा ९४ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप