आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट प्रतियोगिता

विवेकले लिए ओमानको तेस्रो विकेट

आइतबार, १६ वैशाख २०८१, १३ : ५५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो तेस्रो विकेट गुमाएको छ ।  ओमानको तेस्रो विकेट विवेक यादवले लिएका हुन् ।

उनले ओमानका ब्याट्सम्यान जिसन मक्सुदलाई पेभेलियन फर्काएका हुन् । ओमानका कप्तानसमेत रहेका जिसनलाई बिवेकले कप्तान रोहित पौडलद्वारा क्याच गराएका हुन् ।

जिसनले पेभेलियन फर्किनुअघि २६ रन बनाए । उनले १८ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । उनी आउट हुँदा ओमानले १५.२ ओभरमा एक सय ३६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप