आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

अविनाषले लिए ओमानको चौथो विकेट

आइतबार, १६ वैशाख २०८१, १४ : ०२
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो चौथो विकेट गुमाएको छ । 

ओमानको चौथो विकेट अविनाष बोहराले लिएका हुन् । उनले ओमानका प्रभावशाली ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आउट गराएका हुन् । अविनाषले कश्यपलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए ।

पेभेलियन फर्किनुअघि ओपनर ब्याट्सम्यान कश्यपले ६३ रन बनाएका थिए । उनले केवल ५२ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए । कश्यप आउट हुँदा ओमानले १६.५ ओभरमा चार विकेट एक सय ४६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप