आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

सोमबार, २५ मङ्सिर २०८०, ०५ : ३५
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। 

देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि मंगलबार पनि देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप