आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

३७औँ क्यास्सी सम्मेलन काठमाडौँमा सुरु, दुई दर्जनभन्दा बढी देशका व्यवसायी सहभागी

सोमबार, १७ वैशाख २०८१, ०९ : ५७
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । आजदेखि काठमाडौँमा कन्फेडेरेशन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (क्यास्सी) सम्मेलन सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा दुई दिने सम्मेलन सुरु भएको हो । 

क्यास्सीमा एसिया-प्यासिफिक क्षेत्रका २८ देशका व्यवसायी महासंघ सदस्य छन् । ३७ औँ सम्मेलनमा सहभागी हुनसमेत यी देशका प्रतिनिधि नेपाल आएका छन् । यसअघि सन् २०१२ मा काठमाडौँमा नै क्यास्सीको २६औँ सम्मेलन भएको थियो । 

सम्मेलनमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्मेलनमा उपस्थित सबै प्रतिनिधिलाई नेपालमा लगानीको आह्वान गरे । उनले भने, 'नेपाल सम्भावनाको क्षेत्र हो । चीन र भारतको बिचमा रहेकाले नेपालमा लगानीको पर्याप्त सम्भावना छ ।' 

भूकम्पका कारण र कोरोना महामारीका कारण नेपालमा पर्याप्त लगानी नभएकाले लगानीको सम्भावना रहेको ढकालको भनाई छ । आजदेखि सुरु भएको सम्मेलनमा दक्षिण एसिया, पूर्व एसिया, मध्य एसिया र अस्ट्रेलिया क्षेत्रबाट प्रतिनिधि आएका छन् । सम्मेलनमा क्यास्सीका अध्यक्ष पिटर म्याकमुलिन एमले नेपालमा लगानीको उच्च सम्भावना रहेकोमा दुई मत नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप