आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री डा. महतले भने : लगानी घाटामा गएको उदाहरण छैन

सोमबार, १७ वैशाख २०८१, १० : ४३
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा गरिएको लगानीबाट लगानीकर्ताले नाफा कमाएको पर्याप्त उदाहरण रहेको बताएका छन् । आजदेखि सुरु ३७औँ क्यास्सी सम्मेलनमा सम्बोधन गर्दै विदेशी लगानीबाट पर्याप्त नाफा कमाएको उदाहरण रहेको बताएका हुन् । 

उनले भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषण गरेको स्मरण गर्दै बिजुली र सौर्य ऊर्जा लगानीका मुख्य क्षेत्र हुन सक्ने बताए । यस्तै बङ्गलादेशले समेत बिजुली किन्ने प्रक्रिया अघि बढाएको अर्थमन्त्रीले जानकारी गराए । 

यसबाहेक हिमालयका कारण नेपाल पर्यटनको प्रमुख गन्तव्य बन्न सक्नेमा अर्थमन्त्रीको जोड थियो । 'नेपाल पर्यटनमा ठुलो सम्भावना बोकेको देश हो, एफएनसीसीआईका अध्यक्षले समेत सिरिजमा केबलकारमा लगानी गर्दै हुनुहुन्छ,' डा. महतले भने । 

यस्तै सूचना र प्रविधि क्षेत्रमा समेत सरकारले लगानीको सम्भावना देखेको अर्थमन्त्री महतको भनाई छ । यही सम्भावना देखेर चालू बर्सको बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा आयकर घटाएको महतले जानकारी गराए । नेपालमा लगानी गर्नलाई 'वान डोर विन्डो' सञ्चालनमा रहेको र ठुला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको महतले बताए । 

यस्तै अबको केही महिनामा नेपाल लगानी सम्मेलनको आयोजनामा सरकार जुटेको महतले बताए । यसबाहेक विश्व बैंकले समेत नेपालमा जलविद्युत क्षेत्रमा लगानी बढाउने तयारीमा रहेको जानकारी गराए । विश्व बैंकले नेपालका दुई जलविद्युत आयोजनमा लगानीको तयारी गरिरहेका छन् । यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुन्छ । 

नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न सम्मेलनमा उपस्थित दुई दर्जन बढी देशका व्यवसायीलाई महतले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप