सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तनहुँमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

सोमबार, १७ वैशाख २०८१, १० : ५४
सोमबार, १७ वैशाख २०८१

पोखरा ।  तनहुँमा ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । भीमाद नगरपालिका ६ जलौंदीका ३३ वर्षीय मीनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो । 
जनज्योति माविबाट बसपार्क जाँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरमा यात्रा गरिरहेका सार्की गुडिरहेको ट्याक्टरबाट खसेका थिए ।

गम्भीर घाइते उनलाई जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप