सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

नेकपा एमालेले विश्वासको मत कायमै राख्ने, प्रतिपक्षी बेञ्चमा बस्ने

सोमबार, १७ वैशाख २०८१, १२ : १५
सोमबार, १७ वैशाख २०८१

विराटनगर । नेकपा एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने तर, विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे छ । 
एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएकाे समर्थन  फिर्ता लिएपनि विश्वासको मत कायमै रहेकाे बताए । 

दलकाे बैठकमा बाेल्ने सांसद बुद्धिकुमार राजभण्डारीलगायत केही सांसदले भने एमाले सांसदकाे सहयाेगमा बनेकाे सरकारमा जानुपर्ने बताएका थिए । 

यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयाेग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयाेग गर्ने, दूधकाे बजार व्यवस्थापन गर्न माग गर्नेलगायतकाे निर्णय गरेकाे भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप