आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राँझा विमानस्थलबाट आपतकालीन उडान

सोमबार, १७ वैशाख २०८१, १४ : ३२
सोमबार, १७ वैशाख २०८१

कोहलपुर । जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । 

सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेका नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
 
सोही क्रममा विमानस्थलमा भारतीय वायुसेनाको जहाज आइतबार अवतरण गरेको छ । उक्त जहाजले ११ टन भन्दाबढी आपतकालीन राहत सामग्री ल्याएको थियो । उक्त जहाजमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोला तथा आवश्यक औषधि, पोर्टेबल, भेन्टिलेटरलगायत सामग्री रहेका छन् ।

उक्त जहाजले ल्याएको आपतकालीन सामग्रीलाई सेनाको हेलिकप्टरमार्फत भूकम्प प्रभावित जिल्लाका बस्तीसम्म पुर्याइने छ । घाइतेको उपचार र राहत सामग्री ढुवानीका लागि केही दिनसम्म आपतकालीन उडान भर्नुपर्ने भएकाले विमानस्थलमा उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको उद्धार र राहत सामग्री बोक्न दैनिक हेलिकप्टर र जहाजले उडान भरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप