आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

एकदिवसीयको इतिहासमै पहिलो पटक अनौठो तरिकाले आउट भए म्याथ्युज

सोमबार, २५ मङ्सिर २०८०, १६ : ३९
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक सोमबार श्रीलंकाली ब्याट्सम्यान एन्जेलो म्याथ्युज फरक तरिकाले आउट भएका छन् । आईसीसी एकदिवसीय विश्वकपको सोमबार खेलिएको बंगलादेश र श्रीलंकाबिचको खेलका क्रममा म्याथ्युजलाई फरक तरिकाले आउट दिइएको हो ।

दिल्लीस्थित अरुण जुट्ली स्टेडियममा म्याथ्युजलाई ‘टाइम आउट’ घोषणा गरिएको हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानलाई यस्तो आउट दिइएको थिएन । श्रीलंकाली ब्याट्सम्यान सदिरा सामराविरा आउट भएपछि अर्को ब्याट्सम्यान म्याथ्युजले मैदानभित्र प्रवेश गर्न विलम्ब गरेकाले उनलाई पनि आउट दिइएको हो ।

आईसीसीको नियमअनुसार, एउटा ब्याट्सम्यान आउट भएको तीन मिनेटभित्र अर्को ब्याट्सम्यान मैदानभित्र प्रवेश गरिसक्नु पर्ने हुन्छ । त्योभन्दा ढिलो मैदान प्रवेश गर्ने ब्याट्सम्यानलाई टाइम आउट दिइन्छ । सोही प्रावधान अनुसार म्याथ्युजलाई आउट दिइएको हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो आउट दिइएको थिएन । यो आउटको श्रेय बलरलाई भने दिइँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप