बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
आइसीसी क्रिकेट विश्वकप

‘टाइमआउट’ को चर्चाबिच बंगलादेशले श्रीलंकालाई हरायो

सोमबार, २५ मङ्सिर २०८०, २२ : ३०
सोमबार, २५ मङ्सिर २०८०

नयाँ दिल्ली । विश्वकपको ३८औं खेलमा बंगलादेशले श्रीलंकालाई तीन विकेटले पराजित गरेको छ । नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा भएको यो खेलमा बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए ।

श्रीलंकाले ४९.३ ओभरमा २७९ रन बनायो। टोलीका लागि चरित असालान्काले १०८ रन बनाए भने सादिरा समाराविक्रमा र पाथुम निसान्काले ४१–४१ रनको योगदान दिए । बंगलादेशका लागि तान्जिद हसनले सर्वाधिक ३ विकेट लिए । यसबाहेक कप्तान शाकिब र शोरिफुल इस्लामले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको बंगलादेशका लागि नजमुल हुसेन शान्तोले सर्वाधिक ९० रन बनाए भने कप्तान शकिब अल हसनले ८२ रनको उत्कृष्ट इनिङ्स खेले । श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युजको समय आउट भएका कारण यो खेलको निकै चर्चा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप