बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

बंगाली गायिका मेज्झाबिनसँग त्रिपाठीले अमेरिकामा नचाए दर्शक

मङ्गलबार, १८ वैशाख २०८१, ०८ : १०
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । करिब डेढ वर्षदेखि अमेरिकाको सांगीतिक टुरमा रहेका लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुगर’ले एकसय बढी कार्यक्रम गरिसकेका छन् । उनको सांगीतिक टुर अझै रोकिएको छैन ।

यस्तैमा सोमबार उनले अमेरिकाको न्युजर्सीमा बंगलादेशकी चर्चित गायिका मेज्झाबिन मेहासँग सांगीतिक कार्यक्रम गरेका छन् । एआरसिफर नेपालको आयोजना रहेको ‘ह्यापी दशैँ एण्ड तिहार’ नाम दिइएको कार्यक्रममा दुबैको प्रस्तुतिमा दर्शक झुमेर नाचेका थिए ।

कार्यक्रममा त्रिपाठीले जादु, कमेडी प्रहसन, गीत र नृत्य प्रस्तुत गर्दा बंगाली गायिका मेहाले समेत हिन्दी र नेपाली गीतहरु प्रस्तुत गरेकी थिइन् ।

मेज्झाबिनले हिन्दीमा बिभिन्न चलेका गीतहरु प्रस्तुत गरेकी थिइन् भने नेपालीमा ‘सम्झना बिर्सन सलल’ र ‘तिम्रो जिरो फिगर’ गाएर दर्शक नचाएकी थिइन् । कार्यक्रममा गायिका मेज्झाबिनले हिन्दीको अलवा नेपाली गीत समेत आफुलाई गाउन मनपर्ने बताइन् ।

अमेरिकाको न्युजर्सीमा रहेका नेपाली दाजुभाईसँग दशैंँ तिहार फेष्टिभल सांगीतिक कार्यक्रम सहित सेलिब्रेसन गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक एआरसिफर नेपालका  राजेन्द्र अन्जान श्रेष्ठले बताए ।

कलाकार त्रिपाठीले यस अगाडि अमेरिकाको बिभिन्न स्थानमा विपुल क्षेत्री, बिमाकुमारी दुरा, मेलिना राई, निमा रुम्बा, हेमन्त राणा, कुन्ती मोक्तान र बलिउड कलाकार सोनु निगम, लक्कि अलि, बादशाह लगायतसँग सांगीतिक कार्यक्रम गरिसकेका छन् । अझै केही स्थानको कार्यक्रम सकेर मात्र नेपाल फर्किने त्रिपाठीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप