सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्राउन सुगरसहित पोखराबाट ३ जना पक्राउ

मङ्गलबार, १८ वैशाख २०८१, ०८ : ५९
मङ्गलबार, १८ वैशाख २०८१

पोखरा । पोखराबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । पोखरा २१ कस्यारघाट ननिकबाट लागुऔषध बेचविखन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 

लागू औषध नियन्त्रण व्यूरो पोखरा र कास्की प्रहरीबाट खटिएको टोलीले पोखरा १७ का २१ वर्षीय कौशल पुन मनगर, पोखरा १३ बाँझापाटनका २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ का २१ वर्षीय अनिस सुनारलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी लागू औषध मुद्धामा अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप