बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

युसीएमएस कलेजमा  प्रशासन तथा आन्दोलनरत विद्यार्थीबिच सहमति

मङ्गलबार, १८ वैशाख २०८१, ०९ : ०७
मङ्गलबार, १८ वैशाख २०८१

बुटवल । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र यहाँ आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ । विभिन्न माग राख्दै विगत एक महिनादेखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । 

आन्दोलनका कारण अस्पतालबाट सञ्चालन हुने सेवाहरू बन्द भएका थिए । जसका कारण बिरामीहरू मर्कामा परेका थिए र अस्पतालको सेवा समेत प्रभावित भएको थियो ।

युसीएमएस प्रशासन तथा आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भई अस्पताल र कलेज मंगलबार (आज) देखि पूर्ण रूपमा सुचारु भएको युसीएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप