बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

पुस १२ देखि काठमाडौँमा तीन दिने रियल इस्टेट एक्स्पो

मङ्गलबार, १८ वैशाख २०८१, ०९ : २२
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । पुस १२ गतेदेखि भृकुटीमण्डपमा आठौँ रियल इस्टेट एक्स्पो २०२३ हुने भएको छ । तीन दिन चल्ने ८औ एक्स्पो पुस १५ गतेसम्म चल्ने छ ।

नेपाल जग्गा तथा आवास विकास सङ्घले यो रियल इस्टेट एक्स्पो आयोजना गर्न लागेको हो । सङ्घले विगतमा सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको छ । 

नेपाल जग्गा तथा आवास विकास महासङ्घ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास सङ्घ र भक्तपुर जग्गा तथा आवास विकास सङ्घको सह एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आयोजनामा र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा यो ८औँ  एक्स्पो आयोजना हुन लागेको हो ।

यो आठौँ रियल इस्टेट एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुनेछ । जसमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदर्शन गर्नेछन् र उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र व्यावसायिक पक्षहरु बारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् भन्ने सङ्घको विश्वास रहेको छ ।

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हन लागेको भए तापनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्र कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरू समेतको सहभागिता हुनेछ । व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र पनि उपलब्ध गराइनेछ ।

फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् । साथै, यस एक्स्पोमा इच्छुक उद्यमीहरुको चाहना बमोजिमका सेवाहरू

मुख्यतः यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरीदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रबलीकरण तथा पुनः निर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ताको समेत सहभागिता हुनेछ । यस्तै वितरकहरूका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिशियन तथा लाईटिङ व्यवसायीहरू र अन्य सेवाप्र्दायक समेत एक्स्पोमा सहभागी हुनेछन् ।  साथै रियल इस्टेट क्षेत्रका महत्त्वपूर्ण सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

यस एक्स्पोमा उपभोक्तालाई आफ्नो छनोट अनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र व्यवस्थित बनाउन  उपयोगी हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप