आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपुर्‍याऔँ : सांसद गौतम

मङ्गलबार, १८ वैशाख २०८१, १० : ४४
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक नरहेको बताएकी छन् ।  प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा पुर्‍याउन नहुने उनले जिकिर गरेकी हुन् ।

गौतमले कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिनुपर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘भूकम्प प्रभावित क्षेत्रमा सांसदको उपस्थिति देखिएन भनेर विभिन्न संसदीय समिति मार्फत अवलोकनका नाममा त्यहाँ जाने चर्चा चलिरहेको सुनेँ । सांसदज्यूहरू विपद् जोखिम न्यूनीकरणबारे कत्तिको बहस गरेर कानुन बनाउनुभयो वा बनाउन तत्पर हुनुहुन्छ त्यो महत्त्वपूर्ण हो।’

उनी थप्छिन्, ‘सांसदको उपस्थिति र काम सदनमा हुने हो, कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिने हो । तर आफै फिल्डमा उपस्थित हुन आवश्यक छैन । प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपुर्‍याऊ। राज्यले छिटो भन्दा छिटो क्षतिको तथ्याङ्क सङ्कलन गरोस् र सोही आधारमा बाँकी कार्यक्रम तय हुनु पर्छ । सम्माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप