आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेक्सम र अस्मिताको ‘तिम्रै लागि हो’ मा शिल्पा

मङ्गलबार, १८ वैशाख २०८१, १२ : १५
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । गायक मेक्सम खाती र गायिका अस्मिता अधिकारीले युगल स्वरमा नयाँ गीत ‘तिम्रै लागि हो...’ ल्याएका छन् । नरेश खातीको शब्द, सङ्गीत रहेको गीतमा  श्यामसोयत रसाइलीको सङ्गीत संयोजन छ ।  

गीतको भिडियो शिशिर खातीले निर्देशन गरेका हुन् । कोरियोग्राफी पनि शिशिरकै रहेको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र गायक मेक्समकै अभिनय देख्न सकिन्छ ।

मेक्सम नरेशले आफ्नो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोमा हरि हुमागाईको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप