सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस गण्डकी प्रदेशसभा सदस्यहरूले १५ दिनको तलब सहयोग गर्ने

मङ्गलबार, १८ वैशाख २०८१, १२ : ४५
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्यहरूले जाजरकोट भूकम्पका पीडितहरूलाई १५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन् ।  कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारी बैठकले सो रकम नेपाली कांग्रेस केन्द्रीय राहत कोषमार्फत भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो ।

गत कार्त्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षति प्रति दलले गहिरो दुःख व्यक्त गरेको । भूकम्पमा परि मृत्युवरण गरेकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै भूकम्प प्रभावितहरूलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग बैठकले अनुरोध गरेको छ ।

NC Bigyapti_000006

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप