आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर झापामा दुई जनाको मृत्यु

मङ्गलबार, १८ वैशाख २०८१, १३ : ३०
मङ्गलबार, १८ वैशाख २०८१

झापा । झापामा करेन्ट लागेर  दुई जनाको मृत्यु भएको छ । दमक नगरपालिका-३ धङधङस्थितमा खोल्सीमा निर्माणाधीन पुलमा काम गर्ने कामदार भोजपुर, भोजपुर नगरपालिका-११ बस्ने ४५ वर्षीय चंखबहादुर सार्कीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो । 

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी कन्काई नगरपालिका-६ चप्रामारी बस्ने ३६ वर्षीय राम कुमार श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । 

सोही नगरपालिका-३ जय पथिभारा टोल बस्ने हरिहर पराजुलीको घरमा टिनको छाना लगाउन रड बोक्ने क्रममा विद्युत्को तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिर्तासिट अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप