आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाइगर–३ को नयाँ गीत रिलिज

मङ्गलबार, १८ वैशाख २०८१, १४ : ०२
मङ्गलबार, १८ वैशाख २०८१

मुम्बई । सलमान खानको आगामी फिल्म टाइगर ३ को नयाँ गीत रिलिज गरिएको छ । फिल्म रिलिज हुने डेट नजिकिँदै गर्दा फिल्मप्रति दर्शकहरूको उत्साह बढिरहेको छ । हालै मात्रै फिल्मको ट्रेलर र पहिलो गीत रिलिज गरिएको थियो । यी दुवैले दर्शकहरूबाट राम्रो रेस्पोन्स पाएका थिए ।

सोमबार भने अरजित सिंहको आवाजमा अर्को गीत पनि जारी गरिएको छ । निर्माताहरुले फिल्मको गीत रुआंको लिरिकल भिडियो जारी गरेका हुन् । सलमानले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा यो गीत शेयर गरेका थिए । यो रोमान्टिक गीत हो । टाइगर ३ दिपावलीमा रिलिज हुँदै छ ।

यो गीतते फिल्मको महत्वपूर्ण कथानक खुलासा हुने हो कि भनेर निर्माता आदित्य चोपडाले रुआं गीतको रिलिज पछाडि धकेलेका थिए । दर्शकहरूलाई हलसम्म तान्न मेकरहरुले यो फिल्मबारे कयौँ कुरा गोप्य नै राखेका छन् । टाइगर ३ को पहिलो गीत लेके प्रभुका नाम भने चार्टबष्टर साबित भएको थियो । युट्युबमा यो गीतलाई ७ करोडभन्दा धेरै पटक हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप