आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

मन्त्रीका अंगरक्षक मृत फेला

मङ्गलबार, १८ वैशाख २०८१, १४ : २९
मङ्गलबार, १८ वैशाख २०८१

हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् । 

मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले अंगरक्षक प्रहरी सहायक निरीक्षक सुवेदी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप