बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पौडी खेलको विकासमा सहयोग गर्ने वर्ल्ड एक्वेटिक्सका अध्यक्षको प्रतिबद्धता

मङ्गलबार, १८ वैशाख २०८१, १५ : ४२
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमबीच मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा सदस्यसचिव घिसिङले नेपालमा पौडी खेलको अवस्थाबारे जानकारी गराएका थिए । 

भेटका क्रममा विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सक्ने सहयोगका विषयमा पनि कुराकानी भएको थियो । सदस्यसचिव घिसिङले पेरिस ओलम्पिकका लागि नेपाली पौडी खेलाडीको प्रशिक्षणमा सहयोग गर्न हुसेनसँग आग्रह गरेका थिए ।

अध्यक्ष हुसेनले विश्व एक्वेटिक्सले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सानै उमेरदेखि बालवालिकालाई पौडी खेलतर्फ आकर्षित गर्न राष्ट्रिय संघले पहल गर्नुपर्ने धारणा पनि व्यक्त गरे । राष्ट्रिय संघको यस्तो अभियानमा विश्व एक्वेटिक्स सहकार्य गर्न इच्छुक रहेको पनि उनले बताए । 

भेटका अवसरमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । भेटका क्रममा कोचिङ एडभाइजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) को पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप