आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शकिब अल हसनले अस्ट्रेलियाविरुद्धको खेल खेल्न नपाउने

मङ्गलबार, २६ मङ्सिर २०८०, २० : ४७
मङ्गलबार, २६ मङ्सिर २०८०

नयाँ दिल्ली । बंगलादेशका कप्तान शकिब अल हसनले नोभेम्बर ११ मा हुने विश्वकप क्रिकेटमा अस्ट्रेलियासँगको खेल खेल्न नपाउने भएका छन् । आईसीसीले विज्ञप्ति जारी गर्दै शकिब अल हसन हातको औंलामा चोट लागेका कारण विश्वकपबाट बाहिरिएको जनाएको हो ।

सोमबार श्रीलंकाविरुद्धको खेल खेल्दा शकिबको औंलामा चोट लागेको थियो । आईसीसीका अनुसार खेलपछि शकिबको एक्सरे गरिएको जसमा फ्र्याक्चर भएको पुष्टि भएको थियो ।

बंगलादेशका फिजियो बायजेदुल इस्लाम खानले भने, ‘खेलको सुरुमै शकिबको औंलामा चोट लागेको थियो तर उनले पेनकिलर र टेपिङको मद्दतले खेल खेल्न जारी राखे। म्याचपछिउनको दिल्लीमा आपत्कालीन एक्स-रे गरियो, जसमा बायाँ पीआईपी जोइन्टमा भाँचिएको थियो। उनी तीनदेखि चार हप्तामा निको हुने अपेक्षा गरिएको छ। उनी आज बंगलादेश प्रस्थान गर्नेछन्। ’

शकिबले ६५ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ८२ रनको विजयी इनिङ खेल्दै श्रीलंकालाई तीन विकेटले जित दिलाए । यो खेल कप्तान शकिबको टाइम आउटको अपिलका कारण चर्चामा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप