सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देशको पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

शुक्रबार, २६ माघ २०८०, ०५ : ५९
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप