आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित सेल्टिकमाथि एट्लेटिकोको गोल वर्षा

शुक्रबार, १४ वैशाख २०८१, ०९ : ५६
शुक्रबार, १४ वैशाख २०८१

मड्रिड । स्पेनिस क्लब एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित सेल्टिकमाथि गोल वर्षा गरेको छ । च्याम्पियन्स लिगको समूह ई अन्तरगतको खेलमा एट्लेटिको ६–० को विशाल अन्तरले विजयी भएको हो ।

खेलको छैटौँ मिनेटमा एन्टोनियो ग्रिजमानले एट्लेटिकोलाई अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा डेइजेन माइडाले रातो कार्ड पाएपछि सेल्टिक १० खेलाडीमा सीमित बन्यो । त्यसपछि स्पेनिस टोलीले गोलको वर्षा सुरु गरेको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा अल्भारो मोराटाले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६० औँ मिनेटमा ग्रिजमानले टोलीको तेस्रो गोल गरे । ६ मिनेटपछि सामुएल लिनोले अर्को गोल थपे भने ७६ औँ मिनेटमा मोराटाले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे ।

८४ औँ मिनेटमा साउलले टोलीको आधा दर्जन गोल पुरा गरे । जीतपछि टोली ८ अङ्कसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । सेल्टिक भने १ अङ्कसहित पुछारमा रहेको छ । समूहको अर्को खेलमा फेयनुर्डलाई १–० ले हराएको लाजियो ७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । फेयनुर्ड ६ अङ्कसहित तेस्रो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप