सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त

शुक्रबार, २६ माघ २०८०, १८ : १२
शुक्रबार, २६ माघ २०८०

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नियुक्त भएका छन् । उनलाई कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले आज नियुक्त गरेको हो । 

नवनियुक्त उपाध्यक्ष आचार्यलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री केदार कार्कीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

विराटनगर ८ निवासी उनले अर्थशास्त्रमा एमए गरेका छन् । उनको रेडक्रसको सामुदायिक विकास परियोजना मेनेजरको रुपमा काम गरेको अनुभव छ । यस्तै उनी प्लान इन्टरनेशनलको टिम लिडरसमेत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप