स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
शनिबार, १५ वैशाख २०८१, १२ : २१
झापा । स्रोत नखुलेको ३ लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित भारत ठानाचोक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको भारतीय ५ सय दरका नोट ५ सय थान, २ सय दरका नोटको २ सय थान र १ सय दरका नोट ३ सय थानसहित मेचिनगर नगरपालिका–६ स्थित भन्सारबाट पक्राउ गरेको थियो । उनलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।