मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धादिङमा भूकम्पले ध्वस्त ७ हजार ५ सय घर बन्दा मकवानपुरमा एउटै बनेन !

बिहीबार, २२ असार २०७४, १३ : २५
बिहीबार, २२ असार २०७४

काठमाडौं–भूकम्प गएको झन्डै २६ महिनापछि ३२ हजार १ सय ९५ घर निर्माण भएको आंकडा शहरी विकास मन्त्रालय अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले  सार्वजनिक गरेको छ ।

जसमा सबैभन्दा बढी धादिङमा ७ हजार ५ सय २० घर निर्माण भएको छ भने मकवानपुरमा एउटै घर नबनेको आंकडा छ । 


भूकम्पपछि घर भत्किएका ६ लाख ४६ हजार ४ सय १९ लाभग्राही पहिचान भएका मध्ये ५ लाख ६९ हजार ४ सय ९६ सँग अनुदान सम्झौता गरेका जनाइएको छ । ५ लाख ६३ हजार १ सय ५८ परिवारलाई पहिलो किस्ताको रकम वितरण गरिएकोमा पहिलो किस्ता पाएर १ लाख ३ हजार घर निमार्ण शूरु भएको प्राधिकरणले जनाएको छ । 


यस्तै ६७ हजार २ सय २४ परिवारले दोश्रो किस्ता भूक्तानीका लागि आवेदन दिएका छन् भने दोश्रो किस्ता भूक्तानीका लागि ५४ हजार १ सय ५ निवेदन प्रमाणीकरण भएको छ । 


यस्तै दोश्रो किस्ताका लागि भवन संहिता अनुसार नभएका कारण ६ हजार ५ सय ८६ घर प्रमाणीकरसणमा पर्न सकेका छैनन् । 


तेश्रो किस्ताको अनुदान भुक्तानीका लागि ३ हजार ८ सय ७५ ले निवेदन दर्ता गराएकोमा २ हजार ३० निवेदन तेश्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरणमा परेका छन् । यस्तै मापदण्ड नपुगेका १ सय ३६ घर तेश्रो किस्ताका लागि प्रमाणिकरण हुन नसकेको प्राधिकरणले जनाएको छ । 


आंकडा अनुसार भूकम्पपछी यतिबेला सम्म गैरसरकारी संस्था, ब्यक्तिगत तथा सरकारी अनुदानमा गरेर ३२ हजार १ सय ९५ घर निमार्ण सम्पन्न भएका हुन् । 
 

धादिङमा ७ हनार ५ सय मकवानपुरमा शून्य घर !


प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा २ हजार १ सय २८, धादिङमा ७ हजार ५ सय २०, काभ्रेपलाञ्चोकमा २ हजार ५ सय ६८, नुवाकोटमा ५ हजार २ सय २३, गोरखामा ४ हजार ३ सय ५५, दोलखामा २ हजार ८ सय ५७, रामेछापमा ३ हजार ९३, काठमाडौंमा ५ सय ४८, सिन्धुलीमा १४ सय ५४, मकवानपुरमा शून्य, भक्तपुरमा ३ सय १, ललितपुरमा ४ सय ९३, ओखलढुङ्गामा १८९, रसुवामा १४ सय ६६ घर निमार्ण भएका छन् ।  


जोखिमयुक्त बस्तीको अनन्तकालसम्म अध्ययन ?
राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणमा दोश्रो पटक कार्यकारी प्रमुखको रुपमा डा. गोविन्दराज पोखरेलले गएको पुस २८ गते पदबहाली गरे लगतै जोखियूक्त स्थानका बस्ति स्थानान्तरण गरि एकीकृत बस्ति निर्माणको काम थालनी गर्ने बताएका थिए । केही आइएन जियोले काम शूरु गरेपनि प्राधिकरणले अझै एकीकृत बस्ति निर्माणको काम अघि बढाँउन सकेको छैन् । जोखिमयुक्त बस्तिको अध्ययन कार्य प्राधिकरणले अझै नसकिएको जनाएको छ । 


प्राधिकरणका प्रवक्ता यमलाल भुसालले १ सय ३६ बस्ति पहिचान भएको बताउँदै गोरखाको केरुञ्जा र नुवाकोटको उर्लेनीमा एकीकृत बस्ति निमार्णका लागि भइरहेको अध्ययन नसकिएको बताए  । 


यस्तै घर छिटो निमार्णका लागि भूकम्प प्रभावित १४ जिल्लामा एक–एक वटा निर्माण सामग्री बैंक निमार्ण गर्ने र त्यहाँबाट सबैले सहज रुपमा ढुङ्गा, गिटी, बालुवा, सिमेन्ट, फलामे छड, काठ लगायतका सामग्री पाउने कार्यकारी अधिकृत गोविन्दराज पोखरेलको आश्वासनले पनि मुर्त रुप लिन सकेको छै्रन् ।

 
पहिचान भएका जोखिमपूर्ण बस्तिमा कहिँ दुई चार घर, कहिँ आठ दश घर रहेकोले उनीहरुलाई थप दुई लाख अनुदान दिएर आफै घर निर्माण गर्न प्राधिकरणले प्रोत्साहन गरेको उनले बताए । यस्तै कतै १ सय हाराहारी घर भएका जोखिमपूर्ण स्थानमा एकीकृत बस्ति निर्माणका लागि अध्ययन भइरहेको बताए । 
 

घर बनाउन निश्चित समय दिइने 


प्राधिरकणले व्यक्तिका घर निमार्णका लागि निश्चित समय तोक्ने जनाएको छ । प्रवक्ता भुसालले भने–‘अनन्तकालसम्म अनुदान वितरणको लागि प्राधिकरणले समय दिन सक्दैन । घर बनाउँनका लागि एउटा निश्चित समय राखेर अगाडि बढ्ने सोचिरहेका छौं ।’ 


प्राधिकरणले पहिलो किस्तो, दोश्रो किस्ता लिएपछि निर्धारित समयभित्र घर निमार्णका लागि समयसीमा तोक्ने तयारी गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप